देश

शारीरिक रुपमा असक्त किशोरीको बलात्कार


काठमाडौँ – प्रदेश नम्बर एकमा पर्ने मोरङको सुनवर्षीमा शारीरिक रूपमा अपांगता भएकी किशोरी बलत्कृत भएकी छिन् ।

राम्रोसँग हिँडडुल र बोल्न नसक्ने १७ वर्षकी किशोरीको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवले करणी गरिरहेको देखेपछि स्थानीय होहल्ला गरेको थियो ।

किशोरीको घरमा कोही नभएको मौका छोपी सुरेन्द्र त्यहाँ पुगेको र भान्छाकोठामा बलत्कार गरेको प्र्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुधबार साँझा साढे पाँच बजे भएको घटनापछि स्थानीयले हल्ला गर्न थालेपछि सुरेन्द्र भागेका थिए । प्रहरीले उनलाई भाग्दै गरेकै अवस्थामा नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ। बलात्कारबाट पीडित बनेकी किशोरीको अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ। पीडितको स्वास्थ्य परीक्षण विराटनगरमा गराइने भएको छ।