कोरोना विशेष

कोरोना नियन्त्रणमा ‘मेरो पार्टी, तेरो पार्टी’ नभनी सबै एकजुट भएर लागौँ : प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ । सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ ।’

सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्ने देउवाको विश्वास छ । कोरोनाको खोपको व्यवस्थापन गरेको बताउँदै सबै नागरिकलाई दुवै डोज खोप सरकारले तयारी गरिरहेको बताए । तेस्रो लहर धेरै तीव्र गतिमा फैलिएको हुनाले सचेत अपनाउन आग्रह गरे ।