Uncategorized

२४ घण्टामा ३ हजार ७५ मा कोरोना पुष्टि

योहो संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७८ जना निको भएका छन् भने दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ११ हजार ६९० पुगेको छ ।