अर्थनीति

तरलता अभावले व्यवसायी कामै गर्न नसक्ने अवस्थमा, किन भैरहेछ मूल्य वृद्धि (भिडियोसहित)

बैकमा छैन पैसा, सरकारलाई छैन चासो


काठमाडौँ — पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् । सवसत्तय समस्याकै कारण निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको निर्माण व्यवसायीको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताउछन् । उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताए । श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूल्य वृद्धि समेत बढ्ने गरेको बताए । उनले अहिले बैंकहरुले विगतमा उद्यागीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिन समेत नसक्ने अवस्था रहेको बताए ।

उनले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए । उनले तरलता अभावको कारण बैंकमा पैसा छैन्,उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्न नसक्ने बताए ।

बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको निर्माण व्यवसायीको गुनासो छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पछिल्लो समय बैंकहरुबाट एक दुई लाख कर्जा समेत पाउन मुस्किल भएको बताउछन ।

पछिल्लो समय आयात बढे अनुसार आयातबाट गएको रकमलाई परिपुरण गर्ने अन्य सा्रेतहरु नहुँदा तरलताको समस्या सृजना भएको छ । त्यस्तै, वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरिय कर्जा नराम्रो हुने गरेको छ ।