Uncategorized

च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ फेरि गरिने


काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम–१६ को ‘ड्र’ पुनः गरिने भएको छ । पहिलोपटक भएको गरिएको’ड्र’ मा प्राविधिक गल्ती भएपछि पुनः ‘ड्र’ गरिन लागेको च्याम्पियन्स लिगको आधाकारिक अकाउन्टले जनाएको छ ।

यूईएफएले’ड्र’ का लागि प्रयोग गरिएको सफ्टवेयरमा समस्या आएकाले पहिले गरिएको ‘ड्र’ रद्द गर्नुपरेको जनाएको छ ।

पहिले गरिएको’ड्र’ अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाइटेडले एक अर्कासँग खेल्ने भएको थियो । त्यस्तै स्पेनिस महारथि रियाल मड्रिडले भने पोर्चुगलको बेनफिकासँग प्रतिस्पर्धा गर्ने थियो, भने एट्लेटिको मड्रिडले बायर्न म्युनिखसँग खेल्ने समीकरण बनेको थियो ।

इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले आयाक्सविरुद्ध तथा युभेन्टसले पोर्चुगलको स्पोर्टिङ लिस्बनविरुद्ध खेल्ने थियो । साविक विजेता चेल्सीले फ्रेन्च लिग वानको लिलेविरुद्ध खेल्ने तालिका थियो । ६ पटकको विजेता लिभरपुलले अस्ट्रियाको साल्जबर्गविरुद्ध प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले युरोपा लिग विजेता भिल्लारियाललाई प्रतिद्वन्द्वी पाएको थियो ।