विदेश

अमेरिकाको एक विद्यालयमा गोली प्रहार, तीन विद्यार्थीको मृत्यु


काठमाडौँ – अमेरिकाको मिसिगन राज्यकोे एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ३ विद्यार्थीको मृत्यु भएको छ । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्रण् तथा १४ र १७ वर्षका छात्रा रहेका छन् ।

एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।