काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १ सय ५१ को पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ सय ९९ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै, ६ जना संक्रमितको मृत्यु भएको छ । यस्तै आज २६० जना संक्रमित संक्रमणमुक्त भएका छन। हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया