देश

कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा


काठमाडौँ – कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिनुभएको छ । अर्थ मन्त्रालयले मार्ग प्रशस्त गर्न भनेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कृषि विकास बैंकको अध्यक्षमा नियुक्त गरेको थियो ।

राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशकसमेत रहेका निरौलालाई वर्तमान शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको छ । निरौलाले शुक्रबार नै राजीनामा बुझाउनुभएको हो ।