प्रवास

जलवायु परिवर्तनसँग लड्नेबारे बहसमा जुटे कोप–२६ शिखर सम्मेलनमा सहभागी नेताहरु


काठमाडौँ – स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग लड्नेबारे बहसमा जुटेका छन् । सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउन कदम चालिसकेका मुलुकका नेताहरुले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् ।

कम विकसित देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको सामना धनी राष्ट्रले दिने भनेको आर्थिक सहयोगको प्रतिज्ञा पूरा गर्न दबाव दिने रणनीति बनाएका छन् ।