बिजनेस

आयातित बस्तुमा ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आयो : गर्भनर अधिकारी


काठमाडौँ – नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढि ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दापनि बढि मात्रामा आयातित बस्तुमा ऋण प्रवाह हुँदा सो समस्या देखिएको प्रष्टयाउनु भएको हो ।

नेपाल आर्थिक पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले कोभिडका कारण रेमिट्यान्स घटनु, लोन प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताउनु भयो । २०७६ साल चैत्रदेखि हालसम्म १२ खर्व ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ । तर सोही अनुपातमा निक्षेप संकलन नभएको गर्भनर अधिकारले स्पष्ट पार्नु भयो ।