देश

चाडपर्वलाई लक्षित गर्दै डिशहोमले ल्यायो नयाँ योजना, भाग्यशाली ग्राहकलाई स्पेन घुम्ने अवसर


काठमाडौँ – डीटीएच सेवाप्रदायक डिशहोमले चाडपर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । असोज ११ देखि लागू हुने गरी कम्पनीले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु. २००० को ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमका अन्य च्यानलहरुमा हुनेछ । यो योजना प्रभु टिभी, सिम टिभी र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ । ला लिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा ला लिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भइरहेकोछ । यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा ला लिगाको खेल हेर्ने मौका प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।