समाचार

मध्य भोटेकोशीको आईपीओ २० गते खुल्ने


काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ । जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन् ।

दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयर खरिदका लागि लगानीकर्ताले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।