देश

संखुवासभा हत्याकाण्ड : थप चार जना पक्राउ, आजै सार्वजनिक गरिने


काठमाडौँ – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको छ । हत्यामा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकी रहेको छ ।
संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालका अनुसार उनीहरुलाई केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिए हो ।