राजनीति

एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रचण्डको दाबी, तीन दिनभित्रै सरकार विस्तार हुने जिकिर


काठमाडौँ – नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण गठबन्धन नटुट्ने दाबी गर्नुभएको छ ।
पार्टीको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज जनकपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको बताउँनुभयो । प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने पनि बताउँनुभएको छ । उहाँले असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुने बताउनुभयो ।।