राजनीति

आगामी चुनावपछि सत्ता गठबन्धनका दलहरुको अस्तित्व नै संकटमा : अध्यक्ष ओली


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धनका दलहरुको अस्तित्व नै संकटमा पर्ने टिप्पणी गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु बिलाउने टिप्पणी गर्नुभएको हो । उहाँले आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताउनुभयो । अहिलेको सरकार गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नरहेको अध्यक्ष ओलीको आरोप थियो ।