देश

अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत


काठमाडौँ – दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको हो ।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।