बिजनेस

दुईदिनमा २१ सयले घट्यो सुन



काठमाडौँ – सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । योसँगै तोलामा दुई दिनभित्र २१ सयले घटेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।