विदेश

वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गयो


काठमाडौँ – भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका छन् ।

डुबानका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि भारी वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ । लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको छ । कुनै–कुनै जिल्लामा हिजो एकैदिनमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ,सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।