कोरोना विशेष

२४ घण्टामा १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेका छन् । जसमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।