राजनीति

नारायणमान बिजुक्छेको खुलासा– एमसीसीका कारण कांग्रेस र कम्युनिष्ट नेताको ज्यान जोखिममा


काठमाडौँ – नेपाली राजनीतिमा बाहिरी हस्तक्षप कतिको हुन्छ भन्ने हालको स्थितिमा एमसीसीको मुद्दालाई हेरेर नै बुझ्न सकिन्छ । यसअघि भारत र कहिकतैं चीनले पनि नेपाली राजनीतिमा हस्तक्षेप गरेको भनिरहँदा पछिल्लो समय विवादित एमसीसीको कुरा चलिसके पछि अमेरिकाको पनि नेपालको सत्ता टिकाउन वा गिराउनमा हात हुन्छ भन्ने आशंका गर्न सकिन्छ ।

बढ्दो एमसीसी विवादका कारण नेपालमा ठूलो राजनीतिक घटनाहरु घटिरहेको देखिएको छ । सत्ता वा सरकारमा हुँदा जुन व्यक्ति, नेता एमसीसीलाई पास पराउने पक्षमा देखिएका थिए तर, आज तिनीहरु नै एमसीसीको विरोध गरिरहेका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसीलाई जसरी पनि पास गराउनु पर्छ भनिरहँदा आज सत्ताबाट बाहिरीकेपछि भने उनको बोली फेरिएको छ । अहिले उनी एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा नरहेको उनले दिएको पछिल्लो अभिव्यक्तिहरुले पुष्टि गर्छ ।


यता फेरि नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री बनेका शेरबहादूर देउवा एमसीसीको पक्षमा छन् । अमेरिकाले एमसीसी संशोधन हुन नसक्ने भनिरहँदा पनि जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा देखिन्छन् ।