काठमाडौँ – चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका उनीहरुले सम्झौता गरेका हुन् ।
सम्झौताअनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सन् २०१६को सम्झौता रद्द गरेको छ । सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया