राजनीति

देउवा सरकारले विकाश निर्माणको काम गरेको देख्नै सकेन : केपी ओली


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले विकास निर्माणका काम देख्नै नसकेको आरोप लगाउनुभएको छ । आफू नेतृत्वको तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको उहाँले बताउनुभयो । आफ्नो सरकारले विकासका लागि सयौं सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीको आरोप छ ।

साथै ओलीले पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताउनुभएको छ । एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उहाँको भनाइ छ ।