राजनीति

प्रदेश १ को अधिवेशन असोज २२ गते बोलाउने निर्णय


काठमाडौँ – प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।

नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपनि सोही प्रयोजनका लागि बैठक बोलाइएको हो । संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।