देश

झण्डै डेण्ढ लाख नगदसहित आठ जुवाडे पक्राउ


काठमाडौँ – तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा चितवनको खैरहनीबाट एक लाख ४४ हजार १७० रुपैयाँ नगदसहित आठ जुवाडे पक्राउ परेका छन । उनीहरुलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–८ का घरधनी कृष्ण श्रेष्ठ र विष्णु सुनार, खैरहनी–६ का नवीन बस्नेत, राप्ती नगरपालिका–६ का सुदीप गिरी, दीपेश बर्तौला, चूडामणि थपलिया, राप्ती–४ का केशवप्रसाद तिमिल्सिना र राप्ती–५ सुदन धरेल रहेका छन् ।