काठमाडौँ – कञ्चनपुरमा बुधबार बिहान एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । घटनाको विरोधमा आक्रोशित स्थानीयले गुलरिया बजारमा चक्काजाम गरिएको छ ।
आज बिहान कृष्णपुर नगरपालिका – ५ मा अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दुध लिएर जाँदै गरेका स्थानिय कृष्ण बहादुर ऐरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका ऐरको सेती अस्पतालमा लैजाँदै गर्दा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडा ऐरीको रहेको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया