राजनीति

सिटौलाको संयोजकत्वमा थप ११ जिल्लाको विवाद समाधान


काठमाडौँ – नेपाली कांग्रेसको २० जिल्लामा रहेको क्रियाशील सदस्यता विवादमध्ये ११ जिल्लामा समाधान भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ११ जिल्लाको विवाद समाधान गरेको हो।

कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौँको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले बाँकी रहेका २० वटै जिल्लाको विवाद पनि बुधबार नै टुंगिने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबार विवाद समाधान भएका जिल्लाहरुको सदस्यता नामावली निर्वाचन समितिमा आइपुग्ने छ । उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए।