देश

मुग्लिन–नौबिसे सडक खण्ड दुईतर्फी रुपमा सञ्चालन

योहो संवाददाता

काठमाडौँ – पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक दुइतर्फी रुपमा सञ्चालनमा आएको छ । गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।