समाचार

रोकिएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै


काठमाडौँ – कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ ।

परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कायम गरिएको छ । गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न बोर्डले अनुरोध गरेको छ ।

परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप पनि दिएको छ ।