अर्थनीति

नेप्सेमा आज दोहोरो अंकको गिरावट



काठमाडौँ –नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताकोे तेस्रो दिन आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८दशमलव ५४ अंकले घटेर दुई हजार ९ सय २९ दशमलब २९ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब १९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । सोमबार ९ अर्ब २९ करोड बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा आज पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २७ करोड भन्दा बढीको कारोबार भएको छ ।