राजनीति

आफूले कारबाही गरेका १४ सांसद् पदमुक्त नभएसम्म सदन चल्न नसक्ने एमाले अध्यक्ष ओलीको अडान



काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने अडान दोहोर्याउनुभएको छ ।

झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखले निष्पक्ष काम गर्न नसकेकोले सदन अवरुद्ध गर्नुपरेको बताउनुभयो ।

सत्ता गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभएको ओलीले एमाले फुटाउनकै लागि चल्दै गरेको संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत विधायक ल्याउन जस्तो लोकतन्त्र विपरित काम काँग्रेसको नेतृत्वमा हुनु खेदजनक भएको बताउनुभयो ।

माधव नेपालले एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप पनि ओलीले लगाउनुभयो । १६ वर्षसम्म एमालेको नेतृत्व गरेर पार्टीलाई रसातलमा पु¥याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको उहाँको दाबी थियो ।