समाचार

भारतको अमरावतीस्थित वर्धा नदीमा डुंगा पल्टिँदा ११ जनाको मृत्यु



काठमाडौँ – छिमेकी राष्ट्र भारतको महाराष्ट्रको अमरावतीस्थित वर्धा नदीमा डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ, भने ८ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाका छन् ।

घटनास्थलमा त्यहाँका प्रशासनले रेस्क्यू अपरेशन चलाएको बताइएको छ । त्यसोत पछिल्लो साता मात्रै भारतको असममा पनि डुंगा दुर्घटना भएको थियो । असमको जोरहाटमा दुई वटा डुंगा एकापसमा ठोक्किदा भएको उक्त दुर्घटनामा ८० जना भन्दा बढी डुबेका थिए ।

डुबेकामध्ये अधिकांशलाई बचाइएको थियो । उक्त घटनामा एक महिलाको मृत्यु भएको थियो, भने केही जना बेपत्ता भएका थिए ।