अर्थनीति

अर्थसम्बन्धी विधेयकहरू प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै पारित हुन्छ : अर्थमन्त्री शर्मा


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै पारित गर्ने बताउनुभएको छ।

एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन्। एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताउनुभएको हो ।

सहमतिका लागि वार्ता भइरहेको पनि शर्माले बताउनुभयो ।