समाचार

साहस उर्जाले गर्‍यो आइपिओ नतिजा सार्वजनिक


काठमाडौँ – ८६ मेगावाटको सोलुखोला दुधकोशी हाइड्रोपावर निमार्ण गरिरहेको साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयवासीका लागी जारी गरेको शेयरको नतिजा आज (मंगलबार) सार्वजनिक गरेको हो ।

३५ लाख कित्ताका लागि रु.३५ करोड बराबरको आबेदन माग गरिएकोमा ६९ लाख २६ हजार ५० कित्ताका लागि आवेदन परेको थियो । जिल्लाका २० हजार ८ सय ७ जनाले आवेदन दिएका थिए । साहस उर्जाले धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता साधारण शेयर जारी गर्न अनुमति पाएको थियो ।

जसमध्ये ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको शेयर प्रभावित जिल्ला सोलुखुम्बुका लागि जारी गरिसकेको छ ।