राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यक्रम बनाइएको छ । संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यस्तै २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ । कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ ।