राजनीति

नेकपा एकीकृत समाजवादी प्रदेश–२ सरकारमा सहभागी हुने निर्णय


काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताउनुभयो । एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एकीकृत समाजवादी प्रदेश नम्बर २ का केन्द्रिय सदस्य, ८ वटै जिल्लाका अध्यक्ष र प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।