राजनीति

सर्वदलीय बैठकको निष्कर्ष : एमालेसँग छलफल गरेर बैठक राख्न सभामुखलाई सुझाव


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिस्कर्ष सकिएको छ । बैठकमा संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

सभामुख सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको थियो । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । सभामुख सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताउनुभयो ।