राजनीति

आक्रोशित एमालेसँग थाक्यो सत्तापक्ष : ओली चाहे मात्रै संसद् चल्ने देउवाको जवाफ (भिडियोसहित)

संसद् कहिले खुल्छ ?


काठमाडौँ – लगातार तीनपटकसम्म एमालेका कारण संसद् अवरुद्ध भएपछि सत्तापक्ष र सभामुख दबावमा परेका छन् । बैठक शुरु हुन नपाउँदै एमाले सांसद अवरोधमा उत्रिहाल्ने भएपछि सभामुखले सदन चलाउन सकिरहेका छैनन् । तरसंसद् नचल्नुमा सत्तापक्ष र प्रतिपक्षले एकअर्काेलाई दोषारोपण गरिरहेका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाआइतबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बानेश्वरमा रहेको संसद्भवनबाट बाहिरीदै थिए । यत्तिकैमा पत्रकारले देउवालाई प्रश्न तेस्र्याए ।प्रधानमन्त्री ज्यू, यसरी नै संसद् कति दिन चलाउनु हुन्छ ?पत्रकारको प्रश्न थियो । प्रधानमन्त्री देउवाले सटिक जवाफ दिदै भने, ओली जीलाई सोध्नुहोला ।

प्रधानमन्त्री देउवाले भनेजस्तै संसद् यतिबेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कब्जामा परेको छ ।ओलीले अवरोध गर्न नछोडेसम्म संसद् यसरी नै चल्ने देखिएपछि देउवाले ओलीलाई सोध्न आग्रह गरेका हुन् ।तर एमालेका नेता भने प्रधानमन्त्री र सभामुखलाई सोध्न आग्रह गर्छन । गत साउन ३२ मा हठात् अन्त्य गरिएको ससद् अधिवेशन भदौ २३ मा बस्ने गरि राष्ट्रपतिले आह्वान गरेसंगै आइतबारसम्म तीनपटक बस्यो । तर तीनवटै बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण नाराबाजी र घम्साघम्सीमै सीमित बनेको छ ।

एमाले विभाजन भएपछि सत्तापक्षभन्दा पनि सभामुखसंग बढी आक्रामक बनिरहेको एमालेले सभामुख अग्निप्रसाद सापकोटा कुर्सिमै रहे संसद् अझै पनि चल्न नदिने दाबी गर्दै आएको छ । आउँदो मंगलबार बस्ने बैठक पनि अवरोध गर्ने एमालेको तयारी छ । आखिर कहिले चल्छ त संसद् ? नेकपा एमालेका नेताहरु पनि देउवाले जवाफ दिएजस्तै प्रधानमन्त्री र सभामुखलाई सोध्न आग्रह गर्छन ।

आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेको १४ सांसदलाई कारबाही नगरिएको र दल फुटाउन भूमिका खेलेको भन्दै सभामुख सापकोटाको विरोधमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा एमालेले विरोध गर्दै आएको छ । सत्तापक्ष र प्रतिपक्षबीच संवादहीनता छ, तत्काल सहमति नभए आगामी संसद् बैठक थप जटिल बन्दै जाने देखिन्छ । नेताहरु आफ्नो स्वार्थ अनुकुल चल्दा टकराव दैनानुदिनचुलिएको छ ।

एमालेका कारण संसद् चलाउनै मूस्किलमा परेका सभामुख सापकोटाले सोमबार दिउँसोसर्वदलीय बैठक बोलाएका छन् । तरदलले एकअर्कालाई दबाबमा पार्ने रणनीति लिँदा आपसमा मुठभेड मात्रै होइन आगामी संसद् थप कठिनाइ तिर मोडिएको छ ।