राजनीति

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चले दियो अन्तरकालीन अन्तरिम आदेश


काठमाडौँ – एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्चले आज अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश मीरा खड्काको इजरालले अन्तरिम आदेशका लागि मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।