देश

२१४ वर्ष पुरानो मन्दिरको जीर्णोद्धार


काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर २१ को सवल बहालमा रहेको नासः मन्दिरको जीर्णोद्धार गरिएको छ । २१४ वर्ष पुरानो उक्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको हो ।

नासः मन्दिर नेपाल संमत् ९२७ अर्थात् वि.संं.१८६४ मा निर्माण भएको नासः मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष लक्ष्मीनारायण पौडेलले जानकारी दिए । हाल जीर्ण भई भत्किने अवस्थामा पुगेकाले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र समितिको सक्रियतामा जीर्णोद्धार गरिएको हो ।