राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, सांसदलाई संयमित र मर्यादित हुन निर्देशन दिने


काठमाडौँ – प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठक आज बस्दैछ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा मध्यान्ह १२ बजे दलको बैठक बस्ने पार्टी सचिव समेत रहेका सांसद योगेश भट्टराईले जानकारी दिनुभयो ।


सभामुख र सरकारको भूमिकालाई लिएर एमालेले संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीच सभामुखले यसअघिको बैठक अगाडि बढाउनुभएको थियो । एमालेका सांसदहरूले अमर्यादित शब्द समेत प्रयोग गरेका छन् । स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाएर सांसदलाई संयमित र मर्यादित रुपमा प्रस्तुत हुन निर्देशन दिने निर्णय गरेको थियो ।