राजनीति

फातिमा र अर्थमन्त्रीबीच भेटवार्ता


काठमाडौँ – एमसिसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डले आज अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको छ । अर्थ मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री शर्माले एससिसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको बताउनुभएको छ ।


भेटका क्रममा उपाध्यक्ष सुमारले एमसिसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ । फतिमाले प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुषाललगायतसँग भेटवार्ता गरिसकेकी छिन् ।