राजनीति

फातिमा र राममाधवको नेपाल आगमन संयोग कि योजना ? भिडियोमा


काठमाडौँ – एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमारको आगमनले नेपाली राजनीति यसै पनि तरल र तरंगित बनिरहेका बेला गोप्य रुपमा नेपाल भित्रिएका भारतीय जनता पार्टी (भाजपा)का शक्तिशाली नेता विहिबारदेखि नेताहरुका घर घर पुगिरहेका छन् ।

एमसीसी पास गराउनका लागि परियोजनाकी उपाध्यक्ष फातिमा सुमारको टोली विहिबार मात्रै नेपाल उत्रिएको थियो । सुमारको नेपाल अवतरणसंगै शिर्ष राजनीतिक नेतृत्वदेखि जनस्तरसम्मको ध्यान उनको चारदिने नेपाल बसाई र एमसीसी मिशनमा केन्द्रीत बनेको छ । तर ठिक यसैबेला कसरी, कुन भेषमा नेपाल भित्रिएको भन्ने समेत अत्तोपत्तो नदिएका भारतीय जनता पार्टी भाजपाका नेता तथा पूर्वमहासचिव राममाधव नेपालका नेताहरुको घरघरमा पुगेर भेटवार्ता गरिरहेको सुचना बाहिरिएको छ ।

स्रोतका अनुसार एमसीसी अनुमोदनका लागि उपाध्यक्ष सुमारलाई सघाउने गरि गोप्य रुपमा नेपाल भित्रिएका उनले सत्ता गठबन्धनलाई फुटाउने र आगामी समीकरणसम्म तय गर्न नेपालमा अहिले भूमिका खेलिरहेका छन् । विहिबार ३ः५५ बजे काठमाढौं उत्रिएका उनी गोकर्ण रिसोर्टमा बसेपनि ककसलाई भेट्ने कार्यतालिका छ, खुलेको छैन । एमसीसीलाई लिएर सत्ताधारी गठबन्धनमा फरक फरक मत सार्वजनिक भई सत्ता समीकरणमै तनाव उत्पन्न भएका बेला राममाधवलाई भाजपाले नेपाल पठाएको हो ।