विदेश

सेप्टेम्बर ११ अमेरिकी इतिहासको कालो दिन


काठमाडौँ – आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएको छ । सो हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको दुई भवनमा बिस्फोट गराइएको थियो । घटनामा पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । जसमा २ हजार तीन सय २५ अमेरिकी सेना मारिएका थिए । त्यस्तै २ हजार नौ सय ९६ जना सर्वसाधारणको मृत्यु भएको भनिए पनि वास्तविक संख्या भने अझै पत्ता लागेको छैन ।

उक्त एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो ।