कोरोना विशेष

थप १ हजार १४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु


काठमााडौँ – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।