राजनीति

एमाले स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठक चलिरहेकाले एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको हो ।

बैठक दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको थियो । तर बैठक शनिबार बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।