राजनीति

प्रतिनिधि सभाको तेस्रो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी


काठमाडौँ – प्रतिनिधि सभाको तेस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट रोकेर तेस्रो बैठक बोलाएको सुरुमै उनीहरुले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मुर्दावादको नारा लगाइरहेका छन् ।

दोश्रो बैठकमा एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका थिए । सभामुख सापकोटाले एमालेलाई संसदीय अभ्यासको लामो अभ्यास रहेको बताउदै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।