राजनीति

एमसीसीकी उपाध्यक्ष फतिमा र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु


काठमाडौँ – एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । चार दिने नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालबीच सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी) दलको संसदीय कार्यालयमा भेटवार्ता सुरु भएको हो ।

यसअघि फतिमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिईन् ।