प्रवास

चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ३ करोड १० लाख डलर दिने घोषणा

योहो संवाददाता

काठमाडौँ – चीन सरकारले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ३ करोड १० लाख डलर दिने घोषणा गरेको छ । छिमेकी देशहरुका विदेशमन्त्रीको वैठकमा चिनले उक्त सहयोगको घोषणा गरेको हो । तत्कालको आवश्यकतालाई ध्यान दिदै खाद्यान्न, खोपका लागि सहयोग उपब्ध गराउने चिनले बताएको हो ।

चीनले अफगानिस्तानलाई पहिलो खेपमा ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने निर्णय गरेको छ । भर्चुअल वैठकमा रुस र भारत बाहेक अफगानिस्तानका अरु सवै छिमेकी देशका विदेशमन्त्रीहरु सहभागी थिए ।