काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० बारे सत्ता पक्षले स्पष्ट धारणा ल्याएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।
आज एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटवार्ताका क्रममा ओलीले सत्तामा हुँदा आफूहरु एमसीसी पास गर्ने पक्षमा स्पष्ट रहेपनि अहिलेको सत्ता पक्षले स्पष्ट धारणा नल्याएको बताउनु भएको हो ।
आजको (बिहीबार) को भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीबारे एमालेको पोजिसन र धारणाबारे जिज्ञासा राखेकी थिइन् । जवाफमा ओलीले आफूहरुले सरकारमा हुँदा एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा स्पष्ट भएपनि अहिले सत्ता पक्षबाट स्पष्ट कुरा नआएको बताउनु भएको भेटवार्तामा सहभागी एमाले एक नेताले जानकारी दिनुभयो ।
प्रतिक्रिया