राजनीति

मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि


काठमाडौँ – राजधानीको सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । अस्पतालको शौचालयमा शंकास्पद वस्तु देखिएपछि विभिन्न अड्कलवाजी गरिएको थियो ।

बम भएको आशंकमा नेपाली सेनाका बम डिस्पोजल टोली घटनास्थलमा पुगेका थिए । मोवाइलमा तार जोडेर टाइमरजस्तो देखिएपछि बम भएको हल्लासँगै केही समय उक्त क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको थियो । अहिले त्यो नक्कली बम डिस्पोज गरिसकेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।